आफैँमाथि गोली हानी प्रहरी हबल्दारद्वारा आत्महत्या

जाजरकोट, २७ पुस । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतले आफैमाथि गोली हानेर आत्महत्या गरेका छन् ।
बाजुरा जिल्ला घर भई चारमहिनादेखि उक्त कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हानेर आइतबार बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter