आज मिती 2020 जनवरी 5 तारीखकाे दिन किरात राई यायोक्क्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशनबाट सर्वसहमतिमा

Online radio गोर्खाली द .कोरिया

आज मिती 2020 जनवरी 5 तारीखकाे दिन किरात राई यायोक्क्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशनबाट सर्वसहमतिमा श्री पदम (दुमी)राईको नेतृत्वमा २१ जना केन्द्रीय कार्यसमिति चयन भएका छन्। नेपालबाट कोरियामा आएर विभिन्न क्षेत्र व्यावसाय,अध्यायन तथा रोजगारीमा शिलसिलामा रहनुहुने किरात दाजु भाई तथा दिदीबहिनीहरुलाई एक बनाई सुख दुख साटासाट गर्दै आफ्नो मौलिक संस्कृति संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले वि.सं २०४७ सालमा स्थापना भएको कोरिया कै पुरानो संस्था हो। किरात राई यायोक्खा दक्षिण कोरियाले हरेक उधौलि र उभौलिमा साकेला सिली र नाच प्रदर्शन गर्नुका साथै विभिन्न सामाजिक कार्यक्रम पनि गर्दै आएको छ । किरात राई यायोक्खा दक्षिण कोरियाका संरक्षक श्री ध्यान बहादुर राईको संयोजन रहेको निर्वाचन मंडलले यस कार्यसमितिलाई सर्वसम्मति बाट चयन गरेको हो। साथै यस संस्थाका संस्थापक श्री सेसाहांग राई, संस्थापक सल्लाहकार श्री अमृत राई तथा यस संस्थाका निवर्तमान अध्यक्ष श्री बालकृष्ण राईले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो। किरात राई यायोक्खा १३औ अधिवेशनले नव निर्वाचित पदाधिकारिहरु :-
अध्यक्ष: श्री पदम राई
बरिष्ठ उपाध्यक्ष:श्री पुरण याम्फु राई
उपाध्यक्ष: श्री जीवन पुमा राई
महाससचिव: श्री जिवन राई
सचिव: श्री युवराज राई
सचिव: श्री छत्र ब. राई
कोषाध्यक्ष: सुश्री दुर्गा कला राई
सह कोषाध्यक्ष: श्री रोशन राई
सदस्य श्री युवराज राई,श्रीमती जुनल राई,श्री श्रीधन राई,सुश्री मनिसा राई,श्री सुब्बा राई, श्री अर्जुन साङ्पाङ राई,श्री बिशन राई,श्री रविन कुमार बान्तावा,श्री राजु राई,श्रीमती मौसम राई ,श्रीमती सुष्मा रानाहँमा ,सुश्री पारु राई र सुश्री दिपा राई रहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter