आइफोन तथा एन्ड्रोइड स्मार्टफोनमा नम्बर ब्लक कसरी गर्ने ?

प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा दैनिक जीवनका धेरै कामहरुमा यसको प्रयोग बढ्दै गएको छ भने यसले आपसी सम्पर्कमा रहन पनि सजिलो बनाएको छ ।
तर, तपाइँलाई मनै नपर्ने मानिसको हकमा चाहीँ ? जसले आफुलाई फोनै नगरोस् वा जो सँग कुराकानी नै गर्नु नपरोस् भन्ने चाहनुहुन्छ, उसले समेत तपाइँलाई फोन गर्ने सम्भावना झनै बढेर गयो प्रविधिको विकासले ।चिठीपत्र लेख्ने, कसैलाई फोनकल गर्नका लागि टेलिफोन बुथमा गएर लाइनमा बस्ने भन्ने जस्ता विगतका यथार्थहरु सुन्दैमा अनौठो लाग्दा कुराहरु बनेका छन् । फोनको लागि भएको यस्तो सजिलोले तपाइँको मनपर्ने मानिसको हकमा त सुनमा सुगन्ध बनाइदियो ।
हो, मन नपर्ने व्यक्ति वा ठाउँबाट मात्र होइन आजकल तपाइँको फोनमा विभिन्न व्यापारिक तथा ठगी धन्दामा लागेका व्यक्ति वा संस्थाहरुबाट समेत दिक्कलाग्दो गरी फोन आउने गर्छन् । यस्ता अनावश्यक फोनकलहरुबाट कसरी उम्किने वा बच्ने ? यदि यस्ता नम्बरहरुलाई आफ्नो स्मार्टफोनमा प्रतिबन्ध लगाउन चाहनुहुन्छ भने यसो गर्नुस्-
एन्ड्रोइड फोनमा यसरी ब्लक गर्नुस्
– फोन एप खोल्नुहोस् र कल हिस्ट्रीमा जानुस्
– तपाइँले ब्लक गर्न चाहेको नम्बर छानेर त्यसमा केहीबेर थिच्नुहोस्
– त्यहाँ तपाइँले ड्रपडाउन मेनू देख्नुहुन्छ, जसमा बेसिक सर्टकर्ट अप्सन हुनेछ
– उक्त अप्सनमा रहेको ब्लक नम्बर नामक अप्सनमा जानुस्
– त्यसपछि तपाइँले एउटा कन्फर्मेसन मेसेज देख्नुहुन्छ । जसमा लेखिएको हुन्छ you will no longer receive calls or texts from this number
– अन्त्यमा ब्लक अप्सनमा ट्याप गर्नुहोस् र त्यसपछि त्यो फोन नम्बर ब्लक हुनेछ र अब उक्त नम्बरबाट तपाइँको स्मार्टफोनमा फोनकल आउनेछैन
आफ्नो स्मार्टफोनमा कुनकुन नम्बर ब्लक गरिएको छ भन्ने हेर्नका लागि निम्न उपाय अपनाउनुहोस्ः
open phone app> Tap on the three dots on the top right corner > Go to settings > Call blocking
त्यहाँ तपाइँले आफूले ब्लक गरेका नम्बरहरुको सूचि प्राप्त गर्नुहुनेछ । यदि तपाइँले त्यहाँबाट कन्ट्याक्ट डिलिट गर्न चाहेमा उक्त नम्बरमाथि क्लिक गरी त्यहाँ रहेकेा क्रस चिन्हमा थिच्न सक्नुहुनेछ ।
आइफोनमा यसरी ब्लक गर्नुस्
फोन एप खोल्नुहोस् र कल हिस्ट्रीमा जानुहोस्
आफूले ब्लक गर्न चाहेको नम्बरमा जानुहोस् र information मा थिच्नुहोस्
त्यहाँ स्क्रल डाउन गरी Block this caller अप्सनमा ट्याप गर्नुहोस्
त्यसपछि ब्लक अप्सनमा ट्याप गर्नुस्, तपाइँले चाहेको उक्त नम्बर ब्लक हुनेछ ।
आफ्नो आइफोनमा ब्लक गरिएका फोन नम्बरहरु हेर्नका लागिः  go to Settings> Tap on Phone> Blocked
एजेन्सी

यी समाचार पनि पढ्नुहोस्