अहिलेको बलिहंग तन्गनाम तिहार दिपावली :-

इन्दिरा चेम्जोंग
प्रबिधिको प्रयोग गरि युटुब र साउन्ड सिस्टमको भरमा देउसिभैलो खेलि हाम्रो मौलिक सस्कार सस्कृतिलाई पुरै बिर्सिएको | देउसिभैलो टोली निकाल्नलाइ कुनै कसरत वा मेहेनेत नै गर्नु नपर्ने |पहिले परम्परागत देउसिभैलो एकदमै अर्गानिक प्राकृतिक् समानुपातिक हुन्थे| नाचगान निकाल्नलाई धेरै मेहनेत गर्नु पर्दथ्यो| महिना दिन वा पन्ध्र दिन अगाडिदेखि तयारीको लागि जुट्ट्नु पर्दथ्यो र देउसी खेल्दा पनि हामी सबै नेपाली हो भन्ने भावनाले सबैको घर टोलमा सकेसम्म र समयले भ्याएसम्म कही कसैलाइ बिभेद नगरीखेल्ने चलन थियो| कुनै जाति बिशेसको देउसेटोली हुदैन थियो| प्रबिधिको बिकाससंगै हाम्रो जिवन शैलिमा अवश्य सहज र सजिलो त भएको छ तर ? आधुनिकताले हाम्रो परम्परागत चालनचलन,भेषभुशा भाषा,पुरा लोपाउन्मुख भएको छ |छरछिमेकिसँगको सदभाव र भाइचारालाइ पूर्णरुपमा सागुरो बनाउदै लगेको छ | स्थानियपनमा आधारित गीत संगीत, नाचगान बाजागाजा देखिन्न छोडिएको छ |पहिलेको देउसिभैलोमा भट्याउने विषेश ब्यक्ति हुन्थे जसले बिभिन्न अर्थपूर्ण पौराणिक कथा ब्यथा बोकेको दुःख सुखको कुरा भाषा मिलाएर भन्ने गर्थे र देउसिभैलो हेर्ने र सुन्ने गाउलेहारु एकछिन भए पनि आनन्द लिइ चाड्पर्ब मनाएको महसुस गर्दथे | अहिलेको नयाँ पुस्तालाइ कसरी भट्याउने ? आशिष कसरी दिने केहि थाहा छैन |पुरानो पुस्ताको पौराणिक कथामा आधारित बलिराजाको कथा ब्यथाको देउसिभैलो नयाँ पुस्ताको बेवास्ता र प्रबिधिको बिकासले पुरै बिस्थापित गरी दिएको छ |आफ्नो जातिय सस्था र भाषा सस्कृति जोगाउने नाममा झनै जातिय बिभेद बढेको छ | लिम्बु सस्थाले खेलेको देउसी लिम्बुको घरमा मात्र खेलिन्ने | अरु जातजाती पनि यसरिनै खेलेको देखियो | जबकी पहिले यस्तो थिएन | अहिलेको देउसेटोलीसंग हाम्रो परम्परागत बाजाहरु बासुरी ,मादल केहि पनि देख्न पाइन्दैन अहिले बढ्दो शहरिकरण र आधुनिकताले गर्दा आजको नयाँ पुस्ताले बिर्सेर गएको छ | मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पटाका पडकाउने जस्ता समाजमा बढ्दै गएको गलत परिपाटिले गर्दा बलिहाङ तङ्नाम तिहार ज्यादा भड्किलो र खर्चिलो बन्दै गएको छ | हाम्रो परम्परा देखि चल्दै आएको सस्कृतिलाई जोगाइ राख्न रमाइलोको लागि खेलिन्ने देउसिभैलो अहिले पैसा उठाउने कार्यक्रम, योजना (program) जस्तै बनेको छ | उबेल देउसी खेले बापत दिइने दान दक्षिणा गच्छे अनुसार दिइने र देउसिभैलो खेल्नेहरुले आत्माले स्वीकार गरि हासिखुसि लाने दान दक्षिणा अहिले हकाहकी माग्न थालिएको छ |सस्थाको नाममा,बङसजको नाममा,र राजनीति पार्टिको आदी इत्यादि | पहिलेनै यो देउसी खेलेको रकमले यो गर्ने र उ गर्ने भनेर कार्य योजना बनाएर आउछन तर उठाएको रकम सही ठाउँमा प्रयोग भए नभएको हेर्ने कुनै निकाय छैन |देउसी अहिले घर घर र गाउमा हैन पार्टी प्यालेस र रेस्टुरेन्टामा खेल्ल्न थालिएको छ |यसरि प्रबिधिको प्रयोग गरी सबै कुरा सजिलो र सहजता मात्र खोज्दै जाने हो भने ? एक दिन हाम्रो परम्परागत मौलिक सस्कार र सस्कृति पूर्णरुपले बिस्थापित हुन्न भन्न सकिन्न् | समय र परिस्थिति अनुसार सस्कार, सस्कृति परिमार्जित हुँदै जानु स्वाभिवक नै हो तर सस्कृतिको हागाबिगा जताततै फैलिए पनि मुल खम्बा र जरा मेटिन्नु हुन्न | अबको देउसिभैलो गीतले सम्पुर्ण नेपालको थरि थरी जातजातिको एकतामा जोड दिदै अझ सामाजिक र सदभावना बढाओस शुभकामना
शुभकामना !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter