अमेरीका को कोलोराडो राज्यमा यस वर्ष पनि तीज नजिक आउँदै गर्दा तीजको चहलपहल शुरु भएको छ ।

अमेरिका // सम्बाददाता

अमेरीका को कोलोराडो राज्यमा यस वर्ष पनि तीज नजिक आउँदै गर्दा तीजको चहलपहल शुरु भएको छ । बिगत बर्षहरुमा जस्तै Sisters Group Colorado का दिदीबहिनीहरुले दरखाने कार्यक्रमको आयोजना गरेका छन् । बिदेशी भूमिमा चेलिबेटीलाइ माइतीको झल्को मेटाउन र दिदीबहिनी आपसमा मिलेर रमाइलो गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको हो।बिशुद्ध नेपाली परिकार लुगाफाटा र गरगहना सजिएर एकै छिन भए पनि माइतीको आँगन सम्झेर रमाइलो गर्ने मौक़ा सबैलाइ मिलोस भन्ने समूहको चाहाना हो । यसले हाम्रो मौलिक सस्कृती लाई पछिल्लो पुस्ताले पनि हेर्न र सिक्न मदत पुग्ने छ ।Sisters group का अभियान्त धना पौडेल ले सबैलाई निम्तो दिई सकिएको सो कार्यक्रम भब्य हुने जान्कारी हाम्रो मीडिया लाई गराउनु भयो ।

तीज : दरखाने कार्यक्रम
मिति : 10 August 2019
कार्यक्रम हुने स्थान
10828 Huron St
Northglenn, Colorado 80234
समय : ४ बजे देखि ९ बजे सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter