अब बैंकमा पैसा जम्मा गर्दा तीनपुस्ते अनिवार्य

काठमाडौं, १ माघ । बैंकिङ प्रणाली नयाँ नियम लागू भएको छ । बुधबार (आज)देखि अब अरुको नाममा पैसा जम्मा गर्दा समेत परिचय पत्रको फाटोकपिसहित तीन पुस्ते विवरण भुर्नपर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्रबैंकको निर्देशनमा बैंकहरुले ‘गोएमएल सफ्टवेयर’ लागू गरेको हो । यससँगै अब यो नियम अनिवार्य बनाएको छ ।
वाणिज्य बैंकमात्र होइन विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताएका छन् ।
यो सिस्टम लागू भएपछि बैंकिङ सेवा थप झन्झटिलो भएको छ । हाल कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने थियो । तर, अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरणसमेत उल्लेख गर्नु पर्नेछ । नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनु पर्नेछ ।
तीन पुस्ते भर्नुपर्नेदेखि लिएर सक्कल परिचयपत्र समेत देखाउनु पर्ने भएकाले विद्यमान व्यवस्थाभन्दा यो विधि निकै झन्झटिलो हुनेछ । कालो धन नियन्त्रणा लागि भन्दै यस्तो प्रावधान लागू गरिएको हो ।
‘गोएमएल’ भनेको एउटा सफ्टवेयरको नाम हो । सम्पत्ति शुद्धिकरण निवारणका लागि उपर्युक्त हुने भएकाले अन्तर्राष्ट्रियस्तरमा समेत यसको प्रयोग बढिरहेका बताइन्छ ।
वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले गोएमएमल सफ्टवेयर प्रयोग हुनु सबैका लागि राम्रै हुने बताएका छन् । अहिलेको भन्दा यो सिस्टम लागू भएपछि सूचना धेरै दिनु र कागजातसमेत उपलब्ध गराउनुपर्ने भएकाले केही समय लाग्ने भएपनि सम्पत्ति शुद्धिकरण निवारणका लागि राम्रो हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter